२०८३ साउन ११ सोमबार

ट्रेकिङ हिँडेको एक जोडीले नेपालकै अग्लो पुलबाट हाम फालेपछि..

ई आर्थिक    सोमबार, साउन १६ २०७४
3.7K
Shares
ट्रेकिङ हिँडेको एक जोडीले नेपालकै अग्लो पुलबाट हाम फालेपछि..

१६ साउन, काठमाडौं । घुमघामका लागि पर्वत सदरमुकाम कुश्माबजार आइपुगेको एक युगल जोडीले मुलुककै अग्लो कुश्मा-ज्ञादी झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गरेका छन्।

शनिबार राति १० बजेको समयमा मोदीखोलामा हाम फालेर धरान उपमहानगरपालिका-११ का २६ वर्षीय अंकिन गुरुङ र ललितपुर उपमहानगरपालिका-१४ की मुना रानाले सामुहिक रुपमा आत्महत्या गरेका हुन्।

शनिबार साँझ कुश्मा नगरपालिका ९ कटुवाचौपारीस्थित पुलको मुखमा चिसो खाँदै निकै हर्षित देखिएको उक्त जोडीले करीब साढे ९ देखि १० बजेको समयमा कुश्मा-ज्ञादी झोलुङ्गेपुलबाट हाम फालेको अनुमान गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

स्थानीय एक पसलमा चिसो तथा खाजा खाँदा निकै हर्षित बनेको उक्त जोडी बेलुका हाम फालेपछि घटना आश्र्चयमय बनेको छ । पुलमा रहेको उनीहरुको सामान देखेपछि हाम फालेर आत्महत्या गरेको हुनसक्ने अनुमानका आधारमा उनीहरुको खोजी गरिएको र बिहान मोदीको किनारमा जोडीको शव भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ भने आफन्तहरुलाई खबर गरेर शव बुझ्नका लागि बोलाइएको समेत प्रहरीले जानकारी दिएको छ। उनीहरुको मृत्युको कारण भने पुष्टि नभएको पनि प्रहरीले जनाएको छ। उनीहरु ट्रेकिङ्गमा आएको पाइएको छ। झोलामा राति बास बस्ने टेण्ट तथा अन्य बन्दोबस्तीका सामान समेत रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij