२०८३ भाद्र २९ सोमबार

तीन करोडको लगानीमा होटल सञ्चालन

ई आर्थिक    सोमबार, साउन ९ २०७४
3.6K
Shares
तीन करोडको लगानीमा होटल सञ्चालन

९ साउन, गोरखा । सदरमुकामस्थित हरमटारीमा चारजना युवाले रु तीन करोड लगानीमा होटल सञ्चालनमा ल्याएका छन् ।

दुईवटा ठूला सभाहल, बाल उद्यान, मसाज सुविधासहितको ‘होटल गोरखा प्यालेस’ सञ्चालनमा आएको हो । प्रबन्ध निर्देशक सुरेन्द्र न्यौपानेका अनुसार होटल ६० जना क्षमताको रहेको छ ।

होटल सञ्चालनमा आएपछि पर्यटकलाई सहज भएको छ । सञ्चालक निधिप्रसाद तिमिल्सिना मनास्लु पदयात्राका लागि आउने पर्यटक धादिङ हुँदै गोरखाको आरुघाट निस्कने गरेकामा अब सदरमुकाममा बास बसेर गोरखा दरबार अवलोकन गरी मनास्लु पदयात्रामा जान थालेका बताउनुहुन्छ ।

होटलमा अहिले २० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । सुरेन्द्र न्यौपाने, निधिप्रसाद तिमिल्सिना, नवराज न्यौपाने र पुष्पराज न्यौपाने मिलेर उक्त होटल सञ्चालनमा ल्याएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij