२०८३ साउन ११ सोमबार

लगानी सम्मेलनमा सम्बोधन गर्न मोदी नेपाल आउँदै

ई आर्थिक    सोमबार, साउन ९ २०७४
3.8K
Shares
लगानी सम्मेलनमा सम्बोधन गर्न मोदी नेपाल आउँदै

९ साउन, काठमाडौं । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआईआई)सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो। दुई मुलुकमा रहेका निजी क्षेत्रबीचको साझेदारीमा आगामी अगस्टको अन्तिम या सेप्टेम्बरको पहिलो साता सम्मेलन आयोजना गरिने महासंघकी अध्यक्ष भवानी राणाले बताइन्।

सम्मेलनलाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो गरिएको राणाले बताइन्। ‘भारतीय प्रधानमन्त्री मोदीले सम्मेलनलाई सम्बोधन गर्न नेपाल आउने संकेत दिनुभएको छ,’ उनले भनिन्, ‘उहाँकै समयतालिका हेरेर अगस्टमा गर्ने भनिएको सम्मेलन हामीले सेप्टेम्बरलाई सारेका हौं।’ आजको नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij