६ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले पर्यटकीयस्थलहरु काठमाडौंका ठमेल, दरवारमार्ग तथा पोखरा २४ घण्टा खुल्ने निर्णय सरकारले गरिसकेकोले आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन ।
गन्तव्य नेपाल ग्रुपद्वारा प्रकाशित गन्तव्य नेपाल साप्ताहिकको तेह्रौं वार्षिकोत्सव कार्यक्रममा मन्त्री शर्माले सो का लागि आवश्यक सम्पूर्ण व्यवस्था गर्न सम्बन्धित निकाय र व्यवसायीहरुलाई अनुरोध गरेका हुन । चौविसै घण्टा खुल्ला गर्नको लागी सरकारले आवश्यक सम्पूर्ण शान्ति सुरक्षाको व्यवस्था गरेको उनले बताए ।
कार्यक्रममा टुरिजम म्यान अफ दि ईयर–२०१७ वाट पर्यटन व्यवसायी तथा समाजसेवाका अभियन्ता, माउण्टेन डिलाईट्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक राम सापकोटा (कमल) लाई प्रदान गरियो । उनलाई सो अवार्ड गृहमन्त्री जनार्दन शर्माले प्रदान गरे । सापकोटा विगत लामो समय देखि पर्यटन व्यवसायका अलावा समाजसेवामा पनि उत्तिकै सक्रिय छन । टुरिजम म्यान अफ दि इयर छनोट समितिका संयोजक रामशरण थपलियाले टुरिजम म्यान अफ दि इयरको घोषणा गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका पर्यटन विभाग प्रमुख सुर्य थापाले पर्यटन क्षेत्रमा राजनीतिक गतिविधि र संघ संस्था मात्र वढि भएको वताए । थापाले अव समग्र पर्यटन क्षेत्र नयाँ गन्तव्यहरुको विकासमा लाग्नुपर्ने वताए । कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति राजेन्द्र सापकोटा, निट नेपालका अध्यक्ष दिपक महत, पर्यटन व्यवसायि संगठनका संयोजक नवराज दाहाल लगायतले पर्यटन क्षेत्रको विकासमा गन्तव्य नेपालले खेलेको भुमिका वारे चर्चा गरेका थिए । उनिहरुले पर्यटनलाई राजनीति मुक्त बनाउनु पर्नेमा पनि जोड दिएका थिए ।
कार्यक्रममा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले आफ्नो स्थापना काल देखि गन्तव्य नेपालले नेपालको पर्यटन क्षेत्रको विकासमा सक्रिय ढंगले लागेको बताए ।

कार्यक्रममा पर्यटन व्यवसायि तथा सामाजिक सेवामा सक्रिय नेपाली चुलो प्रालिका कार्यकारी निर्देशक प्रतिष्ठा अमात्य विष्ट, सोसाइटी फर प्रोटेक्सन अफ वोमेन एण्ड चिल्डे«नका अध्यक्ष राजेश चन्द्र रेग्मी, रोसा ट्राभल्स एण्ड टुर्स प्रालिका, प्रबन्ध निर्देशक सागर विष्ट,
होटेल एभरेष्ट माउन्ट होलिडेका प्रबन्ध निर्देशक नवराज श्रेष्ठ, इबिजा लञ्च प्रबन्ध निर्देशक दावा तामाङ एसियन हेरिटेज ट्रेक्स एण्ड एक्स्पीडिसन प्रालिका, प्रबन्ध निर्देशक निलहरी बास्तोला, जावालाखेल ह्याण्डिक्राफ्ट सेन्टर प्रालिका महाप्रबन्धक कर्मा दावा, सेन्टर फर डिसेब्लेड चिल्डेन फाउण्डर चियरमेन देण्डी शेर्पा, प्याडल नेपाल प्रालि, प्रबन्ध निर्देशक निम बहादुर मगर, रिभर फन विच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शंकर अधिकारी, ट्रेकिङ क्याम्प नेपाल प्रालिका प्रबन्ध निर्देशक वाङछु शेर्पा, हिमथाई रेष्टुरेन्टका प्रबन्ध निर्देशक मधु कुमार केसी, एडभेन्चर वल्र्ड ट्रेल्स एण्ड ट्राभल्स प्रालिका प्रबन्ध निर्देशक सुनिल विरजंग राना, द एभरेष्ट होलिडे प्रालिका सीइओ श्रीजन सिम्खडा, पर्यटन यातायात स्वरोजगार मञ्चका अध्यक्ष रामप्रसाद मैनाली र त्यस्तै समाजसेवी होमबहादुर तामाङ र सारदा प्रिन्टिङ्ग प्रेसका प्रबन्ध निर्देशक भिम प्रसाद सापकोटालाई सम्मान गरिएको थियो ।

त्यसैगरी पत्रकारहरु जनसवाल दैनिकका सम्पादक रामजी वगाले तथा राससका कार्यकारी सम्पादक कृष्ण अधिकारीलाई दश–दश हजार राशी सहित सम्मान गरियो । त्यस्तै कार्यक्रममा गन्तव्य नेपाल ग्रुपले पर्यटन व्यवसायीद्वय विष्णु ज्ञवाली र मनोज श्रेष्ठलाई सल्लाहकारमा मनोनयन गरियो ।