२०८३ भाद्र ३० मंगलबार

तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रमुख आयुक्त यादव

ई आर्थिक    शुक्रबार, साउन ६ २०७४
4.1K
Shares
तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रमुख आयुक्त यादव

६ साउन, गौशाला । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तोकिएकै मितिमा प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।

यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – “तेश्रो चरणअन्तर्गत प्रदेश नं– २ को ८ जिल्लामा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा कसैले शंका गर्नुहुदैन् ।”

प्रमुख आयुक्त यादवले तेश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिदैं मतपत्र, मतपेटिका, कर्मचारी, सुरक्षालगायत सबै तयारी चुस्तदुरुस्त अवस्थामा रहेकोले आगामी असोज २ मा नै तेश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गर्नुभयो ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले राष्ट्रिय जनता पार्टीले पनि चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि प्रमुख आयुक्त यादवले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला निर्वाचन कार्यालयको निरीक्षण गरी त्यहाँको निर्वाचन तयारी अवस्थावारे जानकारी लिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij