२०८३ साउन ९ शनिबार

विदेशबाट फर्कने बिमार कामदारका लागि विमानस्थलमा छुट्टै कक्ष बनाउन निर्देशन

ई आर्थिक    बुधबार, साउन ४ २०७४
4.6K
Shares
विदेशबाट फर्कने बिमार कामदारका लागि विमानस्थलमा छुट्टै कक्ष बनाउन निर्देशन

४ साउन, काठमाडौं । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रम कक्षको मंगलबार निरीक्षण गर्नुभएको छ ।

सो अवसरमा मन्त्री मंसुरले वैदेशिक रोजगारीमा जान लागेका तथा फर्कने कामदारलाई सहजताका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

वैदेशिक रोजगारीबाट अङ्गभङ्ग भई तथा बिमार भई फर्केका कामदारलाई विमानस्थलमा सहज रुपमा आउन र बस्नका लागि छुट्टै कोठाको व्यवस्था गर्न, त्यस्ता कामदारलाई मनोपरामर्श दिई सुरक्षित गृह वा आफन्तसम्म लैजान सवारीसधानको व्यवस्था गर्नका लागि आवश्यक व्यवस्था मिलाउन पनि उहाँले निरीक्षणका क्रममा निर्देशन दिनुभयो । त्यसका लागि नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र श्रम मन्त्रालयबीच समन्वय गरी सहयोगी कक्ष स्थापना गर्न उहाँले सुझाव दिनुभयो ।

यस्तै, मृतक कामदारको शव ल्याउन र घरसम्म लैजान सवारीसाधनको व्यवस्थाका लागि विमानस्थलमा सहयोगी कक्ष स्थापना गर्न, वैदेशिक रोजगारीका लागि प्रयोग गरिएको अनलाइन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँँले सुझाव दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij