२०८३ साउन ९ शनिबार

महिलाले घर बनाए १० प्रतिशत नक्सापासमा छुट  

ई आर्थिक    शनिबार, असार ३१ २०७४
3.5K
Shares
महिलाले घर बनाए १० प्रतिशत नक्सापासमा छुट   
काठमाडौँ, ३१ असार । बुढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम तथा पारित गरिएको छ ।

आज बसेको नगरसभाले नीति तथा कार्यक्रम पारित गरिएको नगर प्रमुख उद्धव खरेलले जानकारी गराउनुभयो । उहाँले महिलालाई घर बनाउँदा नक्सापासमा १० प्रतिशत छुट दिने निर्णय गरिएको बताउनुभयो ।

यसैगरी विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई आयस्रोतमा ७५ प्रतिशत छुट समेत गरिएको छ । नगर प्रमुख खरेलले समय अभावका कारण बजेट पारित गर्न नसकिएको बताउनुभयो ।

नगरले पूँजीगततर्फ रु ५२ करोड ९७ लाख ८६ हजार ६१० र चालुतर्फ रु १७ करोड बजेट विनियोजन गरिएको छ ।

यसैगरी फोहोर संकलनका लागि वडा नं. १० मा डस्टविन वितरण गरिएको छ । वडा अध्यक्ष नवराज भट्टराईले वडाका विभिन्न स्थानमा फोहोर संकलन गर्न स्थानीय महिला समूहलाई २५ थान डस्टबिन वितरण गरिएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij