२०८३ साउन ९ शनिबार

स्थानीय तहको अधिकार कटौती एमालेलाई मान्य नहुने– अध्यक्ष ओली

ई आर्थिक    शुक्रबार, असार ३० २०७४
4.4K
Shares
स्थानीय तहको अधिकार कटौती एमालेलाई मान्य नहुने– अध्यक्ष ओली

३० असार, भक्तपुर । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न लागेको भन्दै एमालेलाई यो मान्य नहुने बताउनुभएको छ ।

आज सूर्यविनायक नगरपालिका नगर कार्यपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै उहाँले संविधानले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न खोज्नु गलत भएको बताउनुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो–“संविधान निर्माण गर्दा संविधानमै उल्लेख भएको केन्द्र, प्रदेश र स्थानीय तहको अवधारणालाई सरकारले केन्द्र र प्रदेशमा केही नगरी स्थानीय तहको अधिकार मात्रै कटौती गर्ने गरी कानुन ल्याउन लागेको छ, यो एमालेलाई मान्य हुनेछैन् ।”

अधिकार सम्पन्न स्थानीय निकायले मात्रै आफ्नो गाउँपालिका तथा नगर एवम् समग्र देशको विकासमा सहयोग पु¥याउने भएकाले सबै राजनीतिक दल मिलेर विकासमा अघि बढ्नुको विकल्प नरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, पूर्वमन्त्री महेश बस्नेत, एमाले केन्द्रीय सदस्य सानु श्रेष्ठलगायतले स्थानीय तहलाई दिएको अधिकार कटौती गर्न नहुने बताउनुभयो ।

परिषद्मा नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले आर्थिक वर्ष २०७४/७५ का लागि कुल रु ४८ करोड १० लाख २८ हजारकोे अनुमानित बजेट सार्वजनिक गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij