२०८३ साउन ९ शनिबार

राप्रपा केन्द्रीय समितिको बैठक साउन ४ मा

ई आर्थिक    शुक्रबार, असार २३ २०७४
4K
Shares
राप्रपा केन्द्रीय समितिको बैठक साउन ४ मा

२३ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ४ गते काठमाडौँमा बस्ने भएको छ ।

देशभरबाट ११४ केन्द्रीय सदस्य सहभागी हुने उक्त बैठकमा स्थानीय तहको चुनावको समीक्षा र प्रदेश तथा केन्द्रीय चुनावका बारे छलफल गरिने पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । मुलुकमा विकसित भएको राजनीतिक परिस्थितिको मूल्याङ्कन गरी पार्टीको भावी रणनीति तयारीका लागि पनि बैठकमा छलफल गरिने छ ।

पार्टीको विधानानुसार १६३ केन्द्रीय सदस्य रहने व्यवस्था गरिए पनि ४९ सदस्य मनोनयन गर्न बाँकी छ । व्यवस्थापिका–संसद्मा पार्टीका तर्फबाट ३७ सांसदले प्रतिनिधित्व गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij