२०८३ साउन ९ शनिबार

टिस्युकल्चर प्रविधिमा आधारित १५ हजार केराका बिरुवा वितरण

ई आर्थिक    सोमबार, असार १९ २०७४
4.4K
Shares
टिस्युकल्चर प्रविधिमा आधारित १५ हजार केराका बिरुवा वितरण

१९ असार, कञ्चनपुर । आयस्तर कमजोर भएका कञ्चनपुरका ४०० भन्दा बढी किसानलाई टिस्युकल्चर प्रविधिबाट तयार गरिएका १५ हजार केराका बिरुवा आज वितरण गरिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले मर्सिकोरको सहयोगमा सञ्चालित एमडीरेड परियोजना, समुदाय र कृषि विकास कार्यालयको गरी रु पाँच लाख ३६ हजार मूल्य बराबरका नौ जातका केराका बिरुवा किसानलाई वितरण गरिएको हो । रेडक्रसले गठन गरेको विपद् व्यवस्थापन समितिमा आबद्ध तिलकीमा दुई हजार ४००, पिपलाडीमा एक हजार ५००, जोनापुरमा एक हजार १२०, रानीपुरमा एक हजार ९२०, सिकलपट्टीमा एक हजार ६००, दुवाहामा एक हजार ४४०, दमलपट्टीमा एक हजार ३००, बल्मीमा एक हजार ६००, बैलकुण्डीमा ४६० र कटानमा एक हजार ६०० गरी १५ हजार केराका बिरुवा वितरण गरिएको छ ।

किसानले दश कट्ठादेखि डेढ बिघाका दरले गरी दश बिघा खेतमा केराका बिरुवा रोपेका एमडीरेड परियोजनाका अधिकृत महेश घिमिरेले बताउनुभयो । महिलाको आयस्तरमा वृद्धि गरी आत्मनिर्भर बनाउनका लागि वैज्ञानिक विधिबाट बढी फल्ने जातका केराका बिरुवा उपलब्ध गराएका छौँ” उनले भने ।

केराका बिरुवा खरिदका लागि उक्त कार्यालयबाट प्रतिबोट रु १५ अनुदान सहित रु दुई लाख २५ हजार, विपद् सामुदायिक समितिको कोषबाट रु ६० हजार ६०० र परियोजनाको रु दुई लाख ५१ हजार खर्च गरिएको छ । मलखाद र सिँचाइको व्यवस्था केरा खेती गर्ने किसानले व्यहार्ने भएका छन । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij