२०८३ साउन ९ शनिबार

१२ कक्षा पढ्ने सिद्दिकी माअोवादीबाट वडाध्यक्ष निर्वाचित

ई आर्थिक    शुक्रबार, असार १६ २०७४
3.6K
Shares
१२ कक्षा पढ्ने सिद्दिकी माअोवादीबाट वडाध्यक्ष निर्वाचित

१६ असार, दाङ । दाङको गढवा गाउँपालिका ८ को अध्यक्षमा २३ वर्षीय सद्धाम सिद्दिकी निर्वाचित भएका छन् । माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका सिद्दिकी निर्वाचित भएका हुन् । जिल्लाको पुरानो व्यापारिक केन्द्र तथा भारतीय सीमा जोडिएको वाडबाट सिद्दिकी वडा अध्यक्षको रुपमा निर्वाचित भएका हुन् । उनले कोइलावासमा बस्ने पुस्ताको समस्या समाधान गर्ने निर्णय घोषणा गरेका छन् ।

सिद्धरत्ननाथ माध्यामिक विद्यालय नारायणपुरमा कक्षा १२ पढ्दै गरेका सिद्धिकी नेपाल विद्यार्थी संघ हुँदै गाउँ विकास समितिको दरुण दलको उपाध्यक्ष समेत रहेका सिद्दिकी वैशाख ३१ गते मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका थिए । स्थानीय निर्वाचनको वडा अध्यक्षमा लड्ने आकाक्षा देखाएका उनलाई कांग्रेसले टिकट दिएको थिएन। ‘

पहिले मैले पार्टीमै कुरा गरेँ, तर, मलाई केटाकेटी भनेर टिकट दिन मान्नु भएन, गाउँलेको जमतम म संग देखेपछि स्वतन्त्ररुपमा उठ्ने समेत योजना बनाएको थिए,’ निर्वाचित सिद्धिकीले भने, ‘यो सबै कुरा माओवादी केन्द्रका नेताले थाहा पाएपछि मलाई माओवादीबाटै लडन भन्नु भयो अनि टिकट दिनुभयो।’ निर्वाचित भएपछि उनले अब कोइलावासको विकास र समृद्धिमा उर्जासिल समय बिताउने बताए । ‘दुई वर्षमा परिवर्तन देखाउने छु,’ उनले भने, ‘त्यसका लागि सबै संग सुझाव पनि लिन्छु, मेरो पहिलो प्राथामिकता सडक, नाका सुचारु, विद्यालय सुधार र पुस्तौ बिताएकाहरुको नागरिकता समस्यालाई नीति अनुसार समाधान गर्ने योजना छ।’ अाजको अन्नपूर्ण पोस्टमा खबर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij