२०८३ साउन ९ शनिबार

प्रमको गृहजिल्लामा माओवादीको सुरुआती जित

ई आर्थिक    बिहिबार, असार १५ २०७४
3.9K
Shares
प्रमको गृहजिल्लामा माओवादीको सुरुआती जित

१५ असार, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा(माओवादी केन्द्र)ले सुरुआतीमै जित हासिल गरेको छ ।

अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका दानबहादुर खड्काले जित हासिल गर्नुभएको हो । खड्काले उक्त ५४८ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हिक्मत भण्डारीले ३७५ मत प्राप्त गर्नुभएको छ ।

अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका अध्यक्षसहित तीन सदस्यले तथा एमालेबाट एक सदस्यले जित हासिल गरेको निर्वाचन अधिकृत चिरञ्जीवी गिरी बताउनुभयो ।

अमरगढी–११मा एमालेको जित

एघार वटा वडा रहेको अमरगढी नगरपालिकाको ११ नं वडामा एमालेका सूर्यप्रकाश खड्का ३६३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका धर्मसिंह धानुकले २६० मत प्राप्त गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij