२०८३ साउन ९ शनिबार

दोस्रो चरणको चुनाव भएको एकमात्र महानगरपालिका विराटनगरमा अझै हुन सकेन मतगणना शुरु, विद्युत सर्ट हुँदा कर्मचारीको भागाभाग

ई आर्थिक    बिहिबार, असार १५ २०७४
6.3K
Shares
दोस्रो चरणको चुनाव भएको एकमात्र महानगरपालिका विराटनगरमा अझै हुन सकेन मतगणना शुरु, विद्युत सर्ट हुँदा कर्मचारीको भागाभाग

१५ असार, मोरङ । विराटनगर महानगरपालिकाको मतगणनास्थल आर्दश उच्चमाविमा मतगणनाको तयारी भैरहदा विद्युत सर्ट हुँदा निर्वाचन आयोगका कर्मचारीहरुको भागाभाग भएको छ । मतगणनाको तयारी भइरहेका वेला एक्कासि विद्युत सर्ट भएपछि कर्मचारी र दलका प्रतिनिधीहरु हलबाट बाहिर निस्केका थिए ।

विद्युत सर्ट हुदा ठुलो आवाज आउनुका साथै धुवाँको मुस्लो समेत आएको थियो । यद्यपी मतपेटीका भने सुरक्षित रहेको बताइएको छ । बिहान १० बजेबाट मतगणना सुरु गर्ने भनिएपनि विराटनगरको मतगणना हुन सकेको छैन ।

घटनापछि मतगणनामा थप ढिलाई भएको छ । कर्मचारीले विद्युत प्राधिकरणलाई खवर गरेको र विद्युतको व्यवस्था भएपछिमात्रै मतगणना सुरु गरिने बताईएको छ ।

त्यसै गरी मतगणना कुन वडाबाट कसरी सुरु गर्ने भन्नेबारे सर्वदलीय बैठक लम्बिएकाले पनि मतगणनामा ढिलाइ भएको हो । यसरी
मतगणनामा ढिलाइ हुँदा स्थानीयबासीहरुको जिज्ञासा बढेको छ । दोस्रो चरणको चुनाव भएको एकमात्र महानगरपालिका बिराटनगरमा १ लाख १३ हजार ७ सय ६१ मतदाता रहेको यस महानगरपालिकामा ८० हजार चारसय ७७ मत खसेको छ ।

मतगणनास्थल बाहिर बिराटनगरबासी एवं दलका कार्यकर्ताहरुको घुइँचो लाग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij