१५ असार, काठमाडौं । रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति १२ बजेर ९ मिनेटमा रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको हो । यो दुई वर्षअघि २०७२ साल वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प कै परकम्प रहेको केन्द्रले जनाएको छ ।