२०८३ भाद्र ३० मंगलबार

मतदान गर्ने क्रममा ज्येष्ठ नागरिकको मृत्यु

ई आर्थिक    बुधबार, असार १४ २०७४
3.4K
Shares
मतदान गर्ने क्रममा ज्येष्ठ नागरिकको मृत्यु

१४ असार, बनियानी (झापा) । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदान गर्ने क्रममा आज बिहान एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका–९ स्थित हिमाली टोलका ८५ वर्षीय नरेन्द्र भण्डारी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । भण्डारी दमकस्थित सरस्वती उच्च माविको मतदान केन्द्रमा मतदानका लागि जानुभएको थियो ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक वीरेन्द्र कोइरालाका अनुसार मतदानका लागि नाम रुजु गरी मतपत्र लिएर मतदान गर्न जानेक्रममा अस्वस्थ भएपछि उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाने क्रममा बिहान ७ः४० बजे बाटोमै मृत्यु भएको हो । मृतक भण्डारी मुटु रोगी रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij