२०८३ साउन ९ शनिबार

१ भोटको १ हजार ! रकम बाँड्ने प्रहरी फन्दामा

ई आर्थिक    बुधबार, असार १४ २०७४
3.9K
Shares
१ भोटको १ हजार ! रकम बाँड्ने प्रहरी फन्दामा

१४ असार, काठमाडौँ । मौन अवधि सुरु भएपछि सोमबार राति दक्षिणी सिमाना झापा गाउँपालिकामा कांग्रेस कार्यकर्ता रकम बाढ्नेक्रममा प्रहरीको फन्दामा परेका छन् ।

झापा गाउँपालिका–१ ग्वालाटोलका स्थानीय कांग्रेस कार्यकर्ता मोहमद अली हुसेन रकम बाढ्ने क्रममा पक्राउ परेका हुन् । उनलाई रकम बाँड्ने क्रममा माओवादी केन्द्र, एमाले र संघीय समाजवादी फोरमका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने इलाका प्रहरी कार्यालय कुमरखोदले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

उनले प्रतिभोट १ हजार नेपाली रुपैयाँका दरले वितरण गर्ने गरेको स्वीकारेका छन् । प्रहरीले सत्यतथ्य बुझेपछि हुसेनलाई थप कारबाही गर्ने बताएको छ । आजको गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij