१३ असार, काठमाडौँ । बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका कार्यक्रमलाई प्रभावित पार्ने लक्ष्यसहित बम विस्फोट गराउने क्रममा नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ताको आफ्नै हातमा बम विस्फोट भएर मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ खानेपानी रोडमा आफैले बोकेको बम पड्किदा विप्लवको पार्टीका जिल्ला सदस्य चन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।
सोमबार राति १० बजे खानेपानी रोडमा रहेको एक रेष्टुरेन्टको पछाडितर्फ बम सेट गर्न जाने क्रममा हातमै बम विस्फोट भएपछि सिंहको मृत्यु भएको प्रहरीले बताएको छ ।
बम हातमै पड्किएपछि गम्भीर घाइते भएका गम्भीर घाइते भएका सिंहको सेती अञ्चल अस्पतालका क्रममा राति १२ बजे मृत्यु भएको प्रहरीको भनाइ छ । बम विस्फोटबाट घाइते भएका सिंहलाई उपचारका लागि प्रहरीले अस्पताल पुर्याएको थियो ।