२०८३ साउन ९ शनिबार

राजपाद्वारा नवलपरासीमा निषेधित क्षेत्र घोषित, उम्मेदवारलाई गाउँ पस्न रोक

ई आर्थिक    आइतबार, असार ११ २०७४
2.9K
Shares
राजपाद्वारा नवलपरासीमा निषेधित क्षेत्र घोषित, उम्मेदवारलाई गाउँ पस्न रोक

११ असार, नवलपरासी । राजपा नेपालले नवलपरासीमा निषेधित क्षेत्र घोषित गरी उम्मेदवारलाई गाउँ पस्नमा रोक लगाएको छ ।

चुनाव वहिष्कार गरेर आन्दोलनमा रहेको राजपाले प्रतापपुर गाउँपालिका–६ को कठहवा र हरपुर गाउँमा कुनै पनि उम्मेदवार गाउँ नपस्न उर्दी जारी गरेको हो ।

कठहवा राजपा नेपालका उपाध्यक्ष हृदयेश त्रिपाठीको गाउँ हो । भारतीय सीमामा टासएिको यस गाउँमा पुग्नका लागि रहेको एकमात्र बाटोमा उम्मेदवार निषेधित क्षेत्र लेखिएको कालो ब्यानर टाँगेर गाउँ प्रवेशमा रोक लगाइएको छ । रोक लगाइए सँगै कठहवामा अब उम्मेदवारलाई समस्या पर्ने भएको छ ।

घरदैलो गर्ने क्रममा शनिबार नेपाली कांग्रेसका सांसद देवकरण प्रसाद कलवारसहितको टोलीलाई कठहवामा राजपाका कार्यकर्ताले अवरोध गरी फिर्ता पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij