२०८३ साउन ९ शनिबार

अाजदेखि ठमेलबाट घोडामा सरर…!

ई आर्थिक    शुक्रबार, असार ९ २०७४
8.6K
Shares
अाजदेखि ठमेलबाट घोडामा सरर…!

९ असार, काठमाडौं । घोडाचढी खेलमा रमाउनेहरुका लागि बग्गी एण्ड हर्स राईडिङ सेवा सञ्चालनमा आएको छ । बुढानिलकण्ठ नगरपालिका वडा न ७ बाँसबारीमा बग्गी एण्ड हर्स राईडिङ कम्पनीका नामबाट उक्त सेवा सुरु गरिएको हो ।

एन्जेलिना अर्याल, सागर थापा र अपर्ण सापकोटाको संयुक्त लगानीमा स्थापित भएको बग्गी एण्ड हर्स राईडिङ सेवाको आज साँझ साँढे ६ बजे ठमेल सञ्चयकोष भवन अगाडिबाट नेपाल उद्योग बाणिज्य महासंघका कार्यसमिती सदस्य रामशरण थपलिया र राष्ट्रिय पर्यटन पत्रकार संघ नाटोजका केन्द्रिय अध्यक्ष शिव अधिकारीले उद्घाटन गर्नेछन ।

काठमाण्डौमा पहिलोपटक सञ्चालनमा आएको हर्स राईडिङ सेवा अन्र्तगत बिशेष आर्कषणका रुपमा रात्रीकालिन हर्स राईडिङ रहने सञ्चालकले जनाएका छन । बग्गी एण्ड हर्स राईडिङ अन्र्तगत काठमाण्डौका बिभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रहरु पशुपतिनाथ, बौद्ध, स्वयम्भु लगायतका क्षेत्रका साथै पर्यटकको रुचीअनुसार उपत्यका बाहिरका क्षेत्रमा पनि घोडाबाटै जानेआउने व्यवस्था समेत उपलब्ध रहेको सञ्चालक एन्जेलिना अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij