२०८३ साउन ९ शनिबार

कैलालीमा उम्मेदवारको घर परिसरमा बम विस्फोट

ई आर्थिक    शुक्रबार, असार ९ २०७४
3.5K
Shares
कैलालीमा उम्मेदवारको घर परिसरमा बम विस्फोट

९ असार, धनगढी । कैलालीको गोदावरी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका प्रत्याशी गोकर्ण भट्टको निवासमा गए राति अज्ञात समूहले बम विस्फोट गराएको छ ।

अत्तरिया बजारमा रहेको भट्टको घर परिसरमा राति पौने ३ बजेको समयमा भएको विस्फोटबाट उहाँको घरका झ्यालका सिसा फुटेको र ढोकामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो ।

विस्फोटन गराउने समूहको खोजी भइरहेको बुढाले बताउनुभयो । भट्ट नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता एवम् ७ नं प्रदेश प्रमुख लेखराज भट्टका भाइ हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij