२०८३ साउन ९ शनिबार

एकै पदका लागि बुबाछोरा र दाजुभाइ लड्दै !

ई आर्थिक    शुक्रबार, असार ९ २०७४
3.9K
Shares
एकै पदका लागि बुबाछोरा र दाजुभाइ लड्दै !

९ असार, बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बुबाछोरा र सहोदर दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन् ।

डिलाशैनी गाउँपालिकामा कर्णबहादुर रानाले नेपाली काँग्रेसबाट र लोकेन्द्रबहादुर राना (शीतलले) नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । नाताले कर्ण दाजु र लोकेन्द्र भाइ पर्छन् । नाताले दाजुभाइ परे पनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको कर्णबहादुर रानाले बताउनुभयो । दुवै भाइले एकैपदका लागि उम्मेदवारी दर्ता गराएपछि परिवारका सदस्यलाई भने भोट हाल्न समस्या भएको छ ।

यस्तै पुरचौडी नगरपालिका–७ मा वडाध्यक्ष पदका लागि बुबाछोराले अलगअलग पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । नागी साउँद (बुबा) नेकपा एमालेबाट र उज्ज्वल साउँद (छोरा)ले नेकपा (माओवादी केन्द्र)बाट वडा अध्यक्ष पदका उम्मेदवारी दर्ता गराएका हुन् । आफूहरुको अलगअलग राजनीतिक विचार भएकाले आ–आफ्नै पार्टीबाट उम्मेदवारी दर्ता गराएको नागी साउँदले बताउनुभयो ।

माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएका उज्ज्वल साउँदले उम्मेदवारी दर्ताका विषयमा बुबासँग कुनै छलफल नभएको बताउनुभयो । बुबाछोरा अलगअलग पार्टीबाट एकै पदका लागि चुनावी मैदानमा लड्ने भएपछि परिवारका अन्य सदस्यलाई भोट हाल्न समस्या भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij