२०८३ भाद्र ३० मंगलबार

मोरङ पुगेर ओलीले भने- देशभर विकासको लहर अगाडि बढाइने छ

ई आर्थिक    मंगलबार, असार ६ २०७४
4.4K
Shares
मोरङ पुगेर ओलीले भने- देशभर विकासको लहर अगाडि बढाइने छ

६ असार, मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट भाग्न खोज्नेलाई आफूहरुले निर्वाचनको मैदानमा ल्याएर सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याई संविधान कार्यान्वयन गराइछाड्ने बताएका छन् ।

अध्यक्ष ओलीले उर्लाबारीसँगै जोडिएको दमकस्थित कृष्णमन्दिरमा आयोजित कोणसभामा एमालेले जनताको भारी अभिमत पाएर दमक, झापाका साथै देशभर विकास निर्माणको लहर अगाडि बढाउने योजना बनाइरहेको जानकारी दिए ।

नेता ओलीले विपक्षी दलको गठबन्धनका बाबजुद पार्टीले पहिलो चरणमा तीन प्रदेशमा ४५ प्रतिशत मत ल्याएकामा १ नं प्रदेशमा ६५ प्रतिशत मत हासिल गर्ने दाबी गरे ।

कार्यक्रममा एमाले नेता अग्नि खरेल, काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख केशव स्थापितलगायतले देशलाई समृद्ध बनाउने योजनामा एमालेको जित आवश्यक रहेको जिकिर गरे । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij