२०८३ साउन ९ शनिबार

तेस्रो लिङ्गीबाट प्रमुख पदमा उम्मेदवारी

ई आर्थिक    सोमबार, असार ५ २०७४
7K
Shares
तेस्रो लिङ्गीबाट प्रमुख पदमा उम्मेदवारी

५ असार, नवलपरासी । स्थानीय तहको निर्वाचनमा तेस्रो लिङ्गी समुदायबाट एक जनाले प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ ।

रामग्राम नगरपालिका प्रमुखमा तेस्रो लिङ्गी गीता शैथवार उम्मेदवार बन्नुभएको हो । एकाउन्न वर्षीया शैथवार नेकपा(माले), मधेस तराई फोरम र नेपाल परिवारको संयुक्त गठबन्धनको साझा उम्मेदवार बन्नुभएको हो । कानुनी रुपमा शैथवार मालेका तर्फबाट चुनावी चिह्न हँसिया र तारा लिएर चुनावी मैदानमा हुनुहुन्छ ।

तेस्रो लिङ्गी भए पनि उहाँले वैवाहिक जीवनमा बाँधिएर महिलाका रुपमा नागरिकता पाउनुभएको छ । उपप्रमुखमा ६७ वर्षीया केबल कोइरी पनि उम्मेदवार बन्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij