२०८३ भाद्र २९ सोमबार

विदा, मनोरञ्जनमा आउने पर्यटक बढी

ई आर्थिक    आइतबार, असार ४ २०७४
6K
Shares
विदा, मनोरञ्जनमा आउने पर्यटक बढी

४ असार, काठमाडौँ । नेपाल भ्रमणमा आउने कुल पर्यटकमध्ये बिदा-मनोरञ्जन-यात्रामा आउने पर्यटक बढी छन् ।

विगत एक दशकको पर्यटक आगमनको तथ्याङ्क हेर्दा बिदा÷मनोरञ्जन÷यात्रा, पदयात्रा÷पर्वतारोहण तथा तीर्थयात्रासम्बन्धी उद्देश्यले आउने पर्यटकको अनुपात दुई तिहाइभन्दा बढी छ ।

सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३÷७४ अनुसार सन् २०१६ मा नेपाल आएका कुल पर्यटकमध्ये ६५ प्रतिशतले बिदा-मनोरञ्जन-यात्राको उद्देश्यले नेपाल भ्रमण गरेका छन् ।

यस्तै ११ प्रतिशत तीर्थयात्रा, आठ दशमलव ८३ प्रतिशत पर्वतारोहण÷पदयात्रा, तीन दशमलव २३ प्रतिशत व्यापार, दुई दशमलव ८३ प्रतिशत कार्यालयसम्बन्धी, एक दशमलव सात प्रतिशत सभा÷सम्मेलन र सात दशमलव ४१ प्रतिशत अन्य उद्देश्यले नेपाल भ्रमण गरेका छन् ।

सन् २०१६ मा सात लाख ५३ हजार दुई पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल पर्यटन बोर्डको विवरणअनुसार नेपाल भ्रमणमा आएका कुल पर्यटकमध्ये सन् २०१५ मा ७१ प्रतिशत, सन् २०१४ मा ५० र २००७ मा ४१ प्रतिशत पर्यटक बिदा÷मनोरञ्जन÷यात्राका लागि आउने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij