२०८३ साउन ११ सोमबार

एमालेबाट मेयरका संभावित उम्मेदवार कार्की माओवादी केन्द्रमा, चौदण्डीगढीको मेयरमा उम्मेदवारीको घोषणा पछि उदयपुरमा नयाँ तरङ्ग

ई आर्थिक    बुधबार, जेष्ठ ३१ २०७४
8.3K
Shares
एमालेबाट मेयरका संभावित उम्मेदवार कार्की माओवादी केन्द्रमा, चौदण्डीगढीको मेयरमा उम्मेदवारीको घोषणा पछि उदयपुरमा नयाँ तरङ्ग

३१ जेठ, काठमाडौं । चौदण्डीगढी नगरपालिकाको लागि एमालेबाट मेयरमा सिफारिस हुनुभएका कुमारसिंह कार्की माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

कार्कीलाई माओवादीले चौदण्डीगढी नगरपालिकाको मेयर पदमा उम्मेदवार दिने समेत घोषणा गरेको छ । माओवादीवाट उहाँको उम्मेदवारीको घोषणा पछि उदयपुरमा नयाँ तरङ्ग ल्याइदिएको छ । सबै पार्टी पंक्तिमा उदयपुरमा अहिले यही विषयले चर्चा पाएको छ ।

आजै उम्मेदवारीको घोषणा गर्दै कार्कीको स्वागतमा माओवादी केन्द्रले स्थानीय बेल्टार बजारमा विशाल ¥यालि समेत निकालेको छ । पार्टीले फूलमाला र बाजागाजा सहित उहाँलाई स्वागत गर्दै बजार परिक्रमा गराएको थियो ।

माओवादी केन्द्रले आफूलाई उच्च सम्मानका साथ चौदण्डीगढीको मेयर पदमा उम्मेदवारी बन्ने अवसर दिएकोमा कार्कीले पार्टीप्रति आभार व्यक्त गर्नुभएको छ । उदयपुर जिल्लाको समग्र समृद्धिलाई मध्यनजर गर्दै विभिन्न परियोजनाको कल्पनाका साथै कार्यन्वयनमा आफू प्रतिबद्ध भएर लाग्ने उहाँले बताउनुभयो । उदयपुरलाई समृद्ध जिल्ला र नगर बनाउने परिकल्पना सहितको आफ्नो अभियानलाई सबैका साथ र सहयोग आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

19105990_322558341513039_7780059804061176081_n

‘उदयपुर प्राकृतिकरुपमा सम्पन्न, पर्यटकीय तथा धार्मिक महत्वको विशिष्ट स्थानमा रहेको जिल्ला हो ।’ उहाँले भन्नुभयो– ‘यहाँका जल, जंगल, जमिन, जडिबुटीलगायतलाई संरक्षण गर्दै विकासमा लाग्ने हो भने उदयपुर समृद्ध जिल्ला बन्नेछ ।’ उदयपुर र चौदण्डी नगरले समृद्ध खोजिरहेको भन्दै त्यसमा आफू र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

बेरोजगार युवालाई रोजगारी दिने, अव्यवस्थित बजारलाई व्यवस्थित बनाउने, बेल्टार बजारलाई औद्योगिक सहर बनाउने, त्रियुगा नदिलाई व्यवस्थित गर्दै करिडोरको रुपमा विकास गर्ने र त्यहाँबाट प्राप्त संभावनालाई सदुपयोग गर्ने, चुरे पहाड र चुरेको हरियालीलाई संरक्षण गर्दै चुरेको फेदीमा रहेको बस्तीको विकासमा विभिन्न कार्यक्रम ल्याउने, धार्मिक महत्व बोकेको विभिन्न मठ, मन्दीरको संरक्षण र विकास गर्दै धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने, पुल पुलेसो, बाटोघाटो र राजमार्गको स्तरोन्नती र विकास जस्ता कार्यक्रमलाई आफूले मूख्य एजेन्डाको रुपमा राखेकाे उहाँले उल्लेख गर्नुभयो ।

चौदण्डीगढी नगरलाई तीनवटा भूगोलमा वर्गिकरण गरेर स्थानीय स्रोत र साधानको सदुपयोग गर्दै विकासका एजेन्डालाई अगाडि बढाउने उहाँको भनाई छ ।

कम्यूनिष्ट आन्दोलनमा लामो समयदेखि सक्रिय उहाँ जिल्लामा समाजसेवीको रुपमा चिनिनुहुन्छ । शिक्षक युनियन उदयपुरको अध्यक्ष समेत भइसक्नु भएका कार्की शिक्षाविद्का साथै बुद्धिजीवी कम्युनिष्टको रुपमा पनि चिनिनुहुन्छ । शैक्षिक क्षेत्रमा रहेर करिब चार दशक बढी समय सेवा गर्नु भएका कार्की बुद्धिजीवी परिषद् उदयपुरको अध्यक्ष समेत हुनुहुन्छ ।

kumar2

 

त्रियुगा बचाउ अभियान समितिको तर्फबाट अध्यक्ष समेत रहनुभएका कार्की विभिन्न सामाजिक संघ-संस्थामा आबद्ध हुनुहुन्छ । उहाँ एउटा ‘भिजन’ भएको बौद्धिक व्यक्तित्वमा समेत चिनिनु हुन्छ । उदयपुर जिल्लालाई समृद्ध बनाउने शिलशिलामा जल, जंगल, जमिन, जडिबुटि देखि कृषिका क्षेत्रमा उहाँले परिकल्पना गरेका दर्जनौं लेखरचना विभिन्न सञ्चार माध्यममा समेत प्रकाशित र प्रशारित भएका छन् ।

माओवादी केन्द्रबाट कार्कीको उम्मेदवारीले जिल्लाभर ठूलो चर्चा र तरङ्ग ल्याईदिएको छ । उहाँको प्रवेशसँगै उदयपुरमा माओवादी केन्द्र बलियो बन्न थप बल पुग्ने उदयपुरका राजनीतिक विश्लेषकको बुझाई छ । माओवादीबाट चौदण्डीगढीको मेयरमा उहाँको उम्मेदवारीले एमालेलाई कम्जोर बनाउने चर्चा राजनीतिक बृतमा चलेको छ । त्यसैगरी चौदण्डीगढीमा नेपाली कांग्रेस, एमाले र माओबादी केन्द्रबिच कडा चुनावी प्रतिस्पर्धा हुने पनि सम्भावना बढाएको छ । तर उहाँको उम्मेद्बारीले चौदण्डीगढीमा नेपाली कांग्रेसलाई बढी फाईदा पुग्ने अनुमान पनि उदयपुर राजनीतिमा चर्चा चल्न थालेको छ । माअाेवादी केन्द्रबाट कार्कीसँगै साे नगरपालिकाबाट नेपाली काँग्रेसले खगेन्द्र रार्इ (काजी), एमालेबाट नरेन्द्र राउत (कमल) लार्इ मेयरमा उम्मेदवारी दिने निर्णय गरिसकेकाे छ । उहाँहरू अहिले चुनावी प्रचार प्रसार अभियानमा सक्रिय  हुनुहुन्छ ।

माओवादी केन्द्रमा उहाँको प्रवेशलाई औपचारिकता दिन असार ७ गते पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उदयपुरको बेल्टार बजार जानुहुने कार्यक्रम समेत तय भइसकेको बुझिएको छ । सो कार्यक्रममा कार्कीसँगै ५०० को हाराहारीमा माओवादी केन्द्रमा प्रवेश गर्ने माओवादी केन्द्र उदयपुरका एक नेताले जानकारी दिए । अध्यक्ष प्रचण्डले सो दिनको सभालाई सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij