२०८३ साउन ९ शनिबार

हिमपहिरोका कारण गङ्गापूर्ण ताल जोखिममा

ई आर्थिक    मंगलबार, जेष्ठ ३० २०७४
4K
Shares
हिमपहिरोका कारण गङ्गापूर्ण ताल जोखिममा

३० जेठ, मनाङ । हिमालपारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिका वडा नं ६ मा रहेको गङ्गापूर्ण ताल दिनानुदिन साँघुरिँदै गएको छ ।

गङ्गापूर्ण हिमालको फेदीमा रहेको यो ताल हिमालको फेदीबाट आएको हिमनदीको हिउँ पग्लिएर पहिरो जाने गर्छ।यस्तो हिमपहिरोसँगै बगेर आउने ढुङ्गा माटोले ताल पुरिँदै गइरहेको छ। तालको वरिपरि रहेका हिमनदीका हिउँ पग्लिएर कालापत्थरहरु उजाड देखिन थालेका छन्। झनै हिमपहिरोबाट बगेर आएका बगरहरुले तालको शोभा घटाउनुका साथै तालको आकार साँघुरो पार्दै लगेको छ।

अन्नपूर्ण पदमार्गमा आउने पर्यटक मनाङ गाउँ आएपछि दुईदिन आराम गर्दा यस तालको वरिपरि गएर हिमनदी र अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो हिमशृङ्खलाको अवलोकन गर्ने गर्छन्। यस्ता प्राकृतिक सम्पदाको जगेर्नामा राज्यको ध्यान पुग्नुपर्ने स्थानीयवासी बताउँछन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij