२०८३ साउन ९ शनिबार

कृषकले पाए अलैँची सुकाउने आधुनिक भट्टी

ई आर्थिक    मंगलबार, जेष्ठ ३० २०७४
5.8K
Shares
कृषकले पाए अलैँची सुकाउने आधुनिक भट्टी

३० जेठ, लमजुङ । लमजुङका व्यावसायिक अलैँची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन् । अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलैँची सुकाउने भट्टी उपलब्ध गराएको हो ।

जिल्लाका विभिन्न स्थानका २० वटा अलैँची व्यवसायी समूहले अलैँची सुकाउने भट्टी पाएका हुन् । माग बढी भएकाले समूहगत रुपमा वितरण गरिएको अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो ।

अध्यक्ष तामाङका अनुसार जाली, रड, धुवाँजाने पाइप, मेन ड्रम गरी प्रतिसेट रु ७२ हजारको अलैँची भट्टी वितरण गरिएको छ ।

नेपाल व्यापार एकीकृत रणनीति कार्यक्रम “नितिस” को सहयोगमा अलैँची व्यवसायी महासङ्घ लमजुङले कृषक समूहलाई अलैँची सुकाउने सुधारिएको आधुनिक भट्टी उपलब्ध गराएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij