२०८३ साउन ९ शनिबार

नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई दिनेको भीड

ई आर्थिक    बुधबार, जेष्ठ २४ २०७४
4.2K
Shares
नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई दिनेको भीड

२४ जेठ, काठमाडौं । नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिन बिहानैदेखि उहाँको निवास बूढानीलकण्ठमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता एवम् सर्वसाधारणको भीड लागेको छ ।

व्यवस्थापिका– संसद्बाट मङ्गलबार प्रधानमन्त्री पदमा निर्वाचित भएपछि पार्टीका सभापतिसमेत रहनुभएका देउवालाई बधाई दिन आज बिहानैदेखि पूर्वमुख्य सचिव, पूर्वसचिव, राष्ट्रसेवक कर्मचारीलगायत नेता कार्यकर्ता एवम् सर्वसाधारणको भीड लागेको हो ।

बधाई दिन सांसद, काँग्रेस केन्द्रीय सदस्यलगायत बूढानीलकण्ठ पुग्नुभएको थियो । नव निर्वाचित प्रधानमन्त्री देउवाले आजै शपथग्रहण गर्ने कार्यक्रम छ ।

शपथपछि लैनचौरस्थित सहिद स्मारकमा माल्यार्पण गरी नेपाली काँग्रेस केन्द्रीय कार्यालय बिपी नगर सानेपामा रहेको संस्थापक नेता बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्नुहुने कार्यक्रम रहेको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij