२०८३ साउन ११ सोमबार

दुई कार्यकारी अधिकृत दुई लाख ४१ हजार नगद घुस सहित रङ्गेहात पक्राउ

ई आर्थिक    मंगलबार, जेष्ठ २३ २०७४
4.5K
Shares
दुई कार्यकारी अधिकृत दुई लाख ४१ हजार नगद घुस सहित रङ्गेहात पक्राउ

२३ जेठ, सिन्धुली । घुस लिँदै गर्दा आज दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन् । सोलार जडानका लागि अवैध पैसा लिँदै गर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोलन्जोर र फिकल गाउँपालिकाका कार्यकारी अधिकृतलाई इलोक्ट्रोनिक्स पसलबाट घुस लिएको अभियोगमा आयोग सम्पर्क कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

गोलन्जोरका कार्यकारी अधिकृत भोलाकुमार आलेलाई एक लाख ५१ हजार र फिकलका कार्यकारी अधिकृत सतीश भट्टराईलाई ९० हजार घुस लिएको आरोप लगाइएको छ ।

कमलामाई नगरपालिका-६ स्टलबजारस्थित धु्रव इलोक्ट्रोनिक्ससँग रु पाँच लाखको सोलार खरिदमा उनीहरुले पसलेसँग घुस लिँदै गर्दा पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासका प्रहरी उपरीक्षक मुकेश सिंहले बताउनुभयो ।

विद्युत् लाइन नपुगेका गाउँपालिकामा सोलार जडान गर्दा आफूले भनेअनुरुप पैसा नदिए सोलारको भुक्तानी रोकिदिने भन्दै धु्रव इलोक्ट्रोनिक्सका प्रोपाइटर ध्रुव श्रेष्ठलाई धम्क्याइएको सिंहले बताए ।

यसअघि नै उनीहरुले सोलारको भुक्तानी गर्नुपर्ने भए पनि पैसा नदिएकै कारण रोक्दै आएका थिए । सिन्धुलीमा यसअघि गत चैत १८ गते कमलामाई सिन्धुलीका नापी सर्वेक्षक सन्तोष श्रेष्ठलाई बाटो छुट्याइदिएबापत रु २२ हजार पाँच सय घुस लिएको आरोपमा आयोग सम्पर्क कार्यालय बर्दिवासले पक्राउ गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij