२०८३ साउन १२ मंगलबार

लण्डन ब्रिज आक्रमणः एकजनाको मृत्यु

ई आर्थिक    आइतबार, जेष्ठ २१ २०७४
3.8K
Shares
लण्डन ब्रिज आक्रमणः एकजनाको मृत्यु

२१ जेठ, एजेन्सी । बेलायतको लण्डनमा भएको आतंकाकारी आक्रमणमा एकजनाको मृत्यु भएको छ । लोकप्रिय लण्डन ब्रिजमा आक्रमण हुँदा अन्य ६ जना घाइते भएको बिबिसीले जनाएको छ ।

घटनापछि लण्डन ब्रिजमा ओहोरदोहोरमा रोक लगाइएको छ भने त्यस क्षेत्र भएर गुड्ने गाडीलाई डाईभर्सन गरिएको छ । प्रत्यक्षदर्शीले सडक पेटीमा हिँडिरहेका मानिसलाई लक्षित गरी सेतो रंगको भ्यान गुडाइएको बताएका छन् ।

यसैबीच, लण्डन प्रहरीले आक्रमण भएको ब्रिज नजिकैको बजार क्षेत्रमा चक्कु हमला भएको र त्यसबारे अनुसन्धान भइरहेको जनाएको छ । घटना भएको स्थान लण्डन रेलवे स्टेसन नजिकै पर्छ ।

घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने आक्रमणकारीको खोजी भइरहेको लण्डन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij