२०८३ साउन ९ शनिबार

राप्रपा जिल्ला अध्यक्षसहित २०७ जनाले दिए राजीनामा

ई आर्थिक    शुक्रबार, जेष्ठ १९ २०७४
3.6K
Shares
राप्रपा जिल्ला अध्यक्षसहित २०७ जनाले दिए राजीनामा

१९ जेठ, वालिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जाका अध्यक्ष गणेशबहादुर गुरुङसहित २०७ जनाले बिहीबार संयुक्तरुपमा पार्टीबाट राजीनामा दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार वालिङमा पत्रकारसम्मेलन गरी संयुक्त राजीनामा दिएको जनाएको हो ।

“पार्टी नेतृत्वको असक्षमताका कारण पहिलो चरणको स्थानीय तहको निर्वाचनमा हामीले लज्जास्पद हार व्यहोर्नु प-यो”, जिल्ला अध्यक्ष गणेशबहादुर गुरुङले भन्नुभयो, “सङ्गठन निर्माणभन्दा पनि व्यक्तिगत स्वार्थ र सत्तामा कसरी पुग्न सकिन्छ भन्ने मानसिकता केन्द्रीय नेतृत्व तहमा देखिएकाले आजैका मितिदेखि पार्टीको साधारण सदस्य पनि नरहने गरी पार्टीबाट राजीनामा दिएका छौँ ।”

राजीनामा दिनेमा जिल्ला अध्यक्ष गणेश गुरुङसहित उपाध्यक्ष झलबहादुर गुरुङ, क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष श्यामप्रसाद अर्याल, जिल्ला सदस्य वीरबहादुर गुरुङ, लक्ष्मी खाँण र युवक सङ्गठनका जिल्ला अध्यक्ष रत्नबहादुर गुरुङलगायत छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij