२०८३ साउन ९ शनिबार

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दलसँग संवाद

ई आर्थिक    बिहिबार, जेष्ठ १८ २०७४
3.4K
Shares
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दलसँग संवाद

१८ जेठ, डडेल्धुरा । विभिन्न राजनीतिक दलका चुनावी कार्यक्रममा बालबालिकाको उपस्थिति बढिरहेको बेला उनीहरुको प्रयोग नगर्न जिल्लास्थित सरोकारवाला संस्थाले राजनीतिक दललाई सुझाव दिएका छन् ।

बालबालिका राजनीतिक दलका चुनावी कार्यक्रममा झन्डा बोक्ने, चुनावी सामग्री टास्ने र प्रचारप्रसारमा संलग्न हुनेजस्ता गतिविधि बाल अधिकारको हननका साथै बालमनोविज्ञानमा असर पर्ने भएकाले यस्ता गतिविधि रोक्नका लागि जिल्लास्थित बालसरोकार मञ्च, नागरिक सचेतना केन्द्र, महिला तथा बालबालिकाको कार्यालयले संयुक्त रुपमा आज जिल्लास्थित राजनीतिक दल र सरोकारवालासँग स्थानीय निर्वाचनमा बालबालिकाको प्रयोग हुनबाट रोक्नका लागि राजनीतिक संवाद कार्यक्रममार्फत सचेतना गरेको हो ।

बालबालिकालाई राजनीतिक गतिविधिबाट टाढा राख्न र उनीहरुको बालअधिकारको संरक्षणका लागि सबैले लाग्नु पर्ने र सचेत नागरिकका हिसाबले पनि निर्वाचन आचारसंहिता ल्लङ्घन हुन दिननहुने प्रमुख जिल्ला अधिकारी जनकराज जोशीेले बताउनुभयो ।

पछिल्लो समयमा बालबालिका राजनीतिक कार्यक्रममा उपस्थित हुने झन्डा बोक्ने, राजनीतिक प्रचारका लागि टोपी, सर्टहरु लगाएर नारा लगाउँदै हिँडने र राजनीतिक दलका सांस्कृतिक कार्यक्रममा सहभागी हुनेजस्ता गतिविधि भइरहेकाबेला जिल्लाका राजनीतिक दलका यस्ता गतिविधिलाई रोक्न राजनीतिक संवाद कार्यक्रम आयोजना गरिएको महिला तथा बालबालिकाको कार्यालयले जनाएको छ ।

बालबालिकाको प्रयोग नगर्ने र हुनबाटसमेत जोगाउने राजनीतिक दलले संवाद कार्यक्रममा लिखित हस्ताक्षर गरेर प्रतिबद्धता जाहेर गरेको नेपाली काँगे्रसका प्रतिनिधि जिल्ला सदस्य सन्तोष देउवाले बताउनुभयो ।

निर्वाचनका बेलामा मात्रै नभई अन्य समयमा पनि बालअधिकार हनन भइरहेका बेला सचेत नागरिकले उनीहरुको संरक्षण गर्नुपर्ने सुझावसमेत कार्यक्रममा उपस्थित राजनीतिक दलको रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij