काठमाडाैं । साझा पार्टीले आफ्नो संगठनमा जिम्मेवारी तोक्न थालेको छ । यसैवीच डा. सूर्यराज आचार्यलाई प्रवक्ता तोकेको छ । केन्द्रीय संयोजन समितिका सदस्य डा. आचार्य चितवनका हुन ।
थाइलण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलजि (एआइटी) बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर गरेका डा. आचार्यले जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासमा’ विद्यावारिधि गरेका छन् । उनी सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ मानिनुहुन्छ ।
चार वर्षअघि नेपाल फर्किनुअगाडि उनी जापानको भौतिक पूर्वाधार मन्त्रालयसँग संम्वद्ध ‘पोलिसि थिङ्क ट्याङ्क’ मा वरिष्ठ अनुसन्धानकर्ता र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा कार्यतर थिए ।
पेशागत जीवनको सुरुमा नेपाल सरकार र संयुक्त राष्ट्र संघको कार्यानुभव संगालेका आचार्यका दर्जनौं शोधपत्र प्रकाशित छन् । उनका शोधपत्रहरु अन्तर्रा्ष्ट्रिय प्राज्ञिक सम्मेलनमा पुरस्कृत भएका छन् । उनी बौद्धिक व्यक्तित्व मानिनुहुन्छ ।