२०८३ साउन ९ शनिबार

जित र हारका कारण खोज्दै एमाले, पाँच-पाँच विवरण पेश गर्न माग

ई आर्थिक    बिहिबार, जेष्ठ ११ २०७४
3.1K
Shares
जित र हारका कारण खोज्दै एमाले, पाँच-पाँच विवरण पेश गर्न माग

११ जेठ, काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको पहिलो चरणमा आफ्नो पार्टीका उम्मेदवारले जित्नु र हार्नुका पाँच-पाँच कारणसहित मातहतका कमिटीसँग विवरण माग गरेको छ ।

स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बुधबारको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवबाट शिक्षा लिँदै दोस्रो चरणको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन अझ बढी एकताबद्ध भएर सिङ्गो पार्टीलाई परिचालित गर्ने निर्णय पनि गरेको छ । पहिलो चरणको निर्वाचनको परिणामले एमाले अग्र स्थानमा छ ।

महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणको निर्वाचनबारे तीन दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउन सबै जिल्ला कमिटीलाई निर्देशन दिएको सो पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

विवरणमा नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा सबै उम्मेदवारले प्राप्त गरेको मत परिणाम, विजयी बनेका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको नामावली, निर्वाचनका क्रममा प्रशासनको भूमिका, पार्टीको आन्तरिक परिचालन तथा उम्मेदवार तालमेलको प्रभाव र अनुभव समेट्न पनि भनिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij