२०८३ साउन ९ शनिबार

धौलागिरिमा भारतीय एयर फोर्सको पथप्रदर्शक शेर्पा बेपत्ता

ई आर्थिक    मंगलबार, जेष्ठ ९ २०७४
4.6K
Shares
धौलागिरिमा भारतीय एयर फोर्सको पथप्रदर्शक शेर्पा बेपत्ता

९ जेठ, म्याग्दी । धौलागिरि हिमाल आरोहरण गरेर फर्कदै गरेका एक पथप्रर्दशक बेपत्ता भएका छन् ।

धौलागिरि गाउँपालिका– ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट सोलुखुम्बुको चौंरीखर्क– ३ का ३० वर्षीय आङनिमा शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार साँझदेखि सम्पर्कविहीन शेर्पाको स्थलगत र हेलिकप्टरमार्फत खोजी तीव्र बनाइएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताए।

हिमालयन एक्पिडिसिनमार्फत भारतीय एयर फोर्सका १४ आरोहीको टोलीको पथप्रदर्शकका रुपमा शेर्पा धौलागिरिमा गएका थिए । आरोहणमा गएका भारतीय टोली भने सुरक्षित रहेको प्रनाउ खड्काले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij