२०८३ साउन ९ शनिबार

आचारसंहिता प्रभावित नहुने गरी पूर्ण बजेट ल्याउने विषयमा तीन दलबीच वार्ता

ई आर्थिक    मंगलबार, जेष्ठ ९ २०७४
4.1K
Shares
आचारसंहिता प्रभावित नहुने गरी पूर्ण बजेट ल्याउने विषयमा तीन दलबीच वार्ता

९ जेठ, काठमाडौं । आगामी आवको बजेटको तयारीका बारेमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतालाई जानकारी गराएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेर आचारसंहिता प्रभावित नहुने गरी पूर्ण आकारकै बजेट ल्याउने सम्बन्धमा जानकारी गराइएको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी सो छलफलमा संविधान संशोधन, सत्ता हस्तान्तरणलगायत विषयमा शीर्ष नेताबीच अहिले पनि वार्ता जारी छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij