२०८३ भाद्र ३० मंगलबार

हिउँदे धानमा फौजी किराको प्रकोप

ई आर्थिक    सोमबार, जेष्ठ ८ २०७४
4.8K
Shares
हिउँदे धानमा फौजी किराको प्रकोप

८ जेठ, नुवाकोट । जिल्लाका किसानले लगाएको हिउँदे (चैते) धानमा फौजी किराको प्रकोप बढेको छ । फौजी किराले फलेका धानको पात खाएर खेत नै बाँझो बनाउने अवस्थामा पु¥याएको छ ।

एक सातादेखि देखिएका किराले धानबालीको पात खाएर बोट नै मर्न थालेपछि किसान निराश भएका हुन् । विदुर नगरपालिका–१३ अजिङ्गरेका किसान गोविन्द अधिकारीका अनुसार वैशाख तेस्रो सातादेखि फाट्टफुट्ट देखिएका किरा अहिले व्याप्त भएर धानको डाँठमात्र बाँकी राखेको छ ।

कृषि विकास कार्यालयले जिल्लाको मुख्य धान उत्पादन हुने क्षेत्रमा फौजी किरा फैलिएकाले सचेत हुन किसानलाई आग्रह गरेको छ । वरिष्ठ कृषि विकास अधिकृत डा कमलराज गैरेले विषादीको प्रयोग गरी समयमै किरा नष्ट गर्नुपर्ने बताउनुभयो । “किरा देखिएको क्षेत्रमा नियन्त्रणका लागि कार्यालयले साइपरमेथ्रिन र क्लोरोपाइफस नामक विषादीसमेत उपलब्ध गराएको छ ।” डा गैरेले भन्नुभयो – “प्राविधिकको सुझावअनुसार किसानले समयमै नियन्त्रणमा ध्यान दिए ठूलो क्षति हुनबाट बचाउन सकिनेछ ।”

फौजी किराको लार्भा उत्पादन भएको २५ दिनसम्म सक्रिय हुने गरेका छन् । त्यही समयमा उक्त किराले आक्रामक रुपमा हरियो वनस्पति खाने हुँदा रोपो जोगाउन नियमित विषादीको प्रयोग र सिँचाइ गर्नुपर्नेमा कृषि कार्यालयले जोड दिएको छ । हिउँदे धान उत्पादनका लागि पकेट क्षेत्र मानिएको जिल्लाको कल्याणपुर, जिलिङ, सूर्यमती, खानीगाउँ, चौघडा, थानसिं र आसपासका क्षेत्रमा फौजीको प्रकोप बढी छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij