२०८३ साउन ११ सोमबार

विजय -यालीमा ढुङ्गा प्रहार, ६ जना घाइते

ई आर्थिक    बिहिबार, जेष्ठ ४ २०७४
4.5K
Shares
विजय -यालीमा ढुङ्गा प्रहार, ६ जना घाइते

४ जेठ, सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकामा बुधबार राति ९ः३० वजे नेकपा (एमाले)ले निकालेको विजय ¥यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था भने गम्भीर रहेको छ ।

घाइते हुनेमा तीनपाटन गाउँपालिका–८ निवासी शिव श्रेठ, जीवन श्रेष्ठ, हरि घिमिरे, हिरा न्यौपाने, कर्ण तामाङ, विष्णु अधिकारी घाइते भएका छन् । घाइतेमध्ये शिव श्रेष्ठ गम्भीर घाइते हुनुभएको स्थानीय जमुना अधिकारीले जानकारी दिनुभयो ।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । तीनपाटनको मतगणनास्थल लाम्पान्टारबाट निकालिएको विजय ¥यालीमा ढुङ्गा प्रहार भएको थियो । वडा नं ८ मा नेकपा एमालेका रेखराज अधिकारी निर्वाचित भएपछि विजय ¥याली निकालिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij