२०८३ साउन ९ शनिबार

पर्यटनका सवारी साधनलाई बसपार्क नहुँदा समस्या

ई आर्थिक    बुधबार, जेष्ठ ३ २०७४
4.4K
Shares
पर्यटनका सवारी साधनलाई बसपार्क नहुँदा समस्या

३ जेठ, काठमाडौँ । हजारौँ पर्यटकलाई दैनिक ओहोरदोहोर गराउने सवारी साधनलाई पार्किङका लागि छुट्टै पार्क नहुँदा समस्या परेको छ ।

काठमाडौँ– पोखरा, काठमाडौँ– सौराहा र काठमाडौँ– लुम्बिनी चल्ने पर्यटनका सवारी साधन पार्किङ गर्ने बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्नु परेको परेको हो ।

टुरिष्ट बस एसोसियसन अफ नेपाल (टिवान)का अध्यक्ष श्रीकान्त आचार्य मुलुकमा पर्यटकको विकास गर्नका गर्ने हो भने पर्यटनका सवारी साधनका लागि छुट्टै बसपार्क बनाउनुपर्नेमा जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेपालमा पर्यटनको विकास गर्ने हो भने वसपार्क लगायतका पूर्वाधारको विकास हुनुपर्छ ।”

उहाँले काठमाडौँको मुख्य क्षेत्र ठमेल पर्यटकको मुख्य गन्तव्य भएकाले त्यस क्षेत्र वरपर बसपार्कका लागि कुरा गरेपनि काठमाडौँ महानगरपालिकाले बेवास्था गरेको गुनासो गर्नुभयो । कान्तिपथबाट बिहान पोखरा, चितवन र लुम्बिनीका लागि पर्यटका बस छुट्ने समयमा सवारी जामसमेत हुने गरेको छ ।

पर्यटनको विकासका लागि एसोसियसनले काठमाडौँदेखि जनकपुर र बर्दियामा पनि बस सञ्चालन गर्न लागेपनि पार्किङका लागि पूर्वाधारको विकास नहुँदा समस्या परेको हो । काठमाडौँबाट देशका विभिन्न भागमा पर्यटक लैजान हाल एक सयभन्दा बढी सवारी साधनले सेवा दिइरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij