२०८३ भाद्र ३० मंगलबार

मोरङमा चैते धानको उत्पादनमा बृद्धि हुने

ई आर्थिक    बुधबार, जेष्ठ ३ २०७४
4.6K
Shares
मोरङमा चैते धानको उत्पादनमा बृद्धि हुने

३ जेठ, विराटनगर । मोरङमा गत वर्षको तुलनामा चैते धानको उत्पादनमा वृद्धि हुने भएकोे छ ।

चैते धानको उत्पादन वृद्धिका लागि सरकारद्वारा सञ्चालित ‘वृहतर धान उत्पादन कार्यक्रम’ र सिँचाइको उपयुक्त व्यवस्थाका कारण उत्पादन वृद्धि हुने भएको हो ।

यस जिल्लामा गत वर्ष १४ हजार ३२० हेक्टर जमिनमा गरिएको चैत धानको खेतीबाट ६४ हजार ४४० मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष १४ हजार २०० हेक्टरमा खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

गत वर्ष ४ दशमलव ५ मेट्रिक टन प्रति हेक्टरका दरले उत्पादन भएको थियो भने यसवर्ष पाँच मेट्रिक टन प्रतिहेक्टरका दरले उत्पादन हुने अनुमान गरिएको छ ।

सरकारले चैते धानको उत्पादन वृद्धि गराउने उद्देश्यले वृहत्तर धान उत्पादन कार्यक्रम अन्तर्गत यहाँका किसान अनुदान दिने गरेको हो । सो कार्यक्रममा परेका किसानलाई प्रतिहेक्टर रु पाँच हजारसम्म अनुदान रकम उपलब्ध गराउने बताइएको छ ।

अनुदान प्राप्त गर्ने किसानले चैते धानबाली लाइनमा रोप्ने मापदण्ड पूरा गरेको हुनुपर्ने कार्यालयका प्रमुख मनोजकुमार यादवले जानकारी गराउनुभयो । जिल्लामा एक हजार हेक्टरसम्म जग्गाका लागि सो अनुदानको रकम उपलब्ध गराइएको छ ।

यस जिल्लाका सिजुवा, इटहरा, रङ्गेली, होकलाबारी र बेलवारीलगायतका ठाउँमा चैते धानकोखेती गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij