२०८३ साउन १२ मंगलबार

लमजुङको मध्यनेपाल प्रमुखमा काँग्रेसका पाण्डे, उपप्रमुखमा एमालेका श्रेष्ठ निर्वाचित

ई आर्थिक    बुधबार, जेष्ठ ३ २०७४
4.6K
Shares
लमजुङको मध्यनेपाल प्रमुखमा काँग्रेसका पाण्डे, उपप्रमुखमा एमालेका श्रेष्ठ निर्वाचित

३ जेठ, बँेसीसहर(लमजुङ)। लमजुङको मध्यनेपाल नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रमेशकुमार पाण्डे निर्वाचित हुनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का मोहनहरि पौडेललाई एक हजार ४२१ मतले पछि पार्दै पाँच हजार ९६८ मत ल्याएर पाण्डेले जित हात पार्नुभएको हो । पौडेलले चार हजार ५४७ मत ल्याउनुभएको थियो ।

यसैगरी उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार राजकुमार श्रेष्ठ विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सीता शाहीलाई २३४ मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी हुनुभएको हो ।

श्रेष्ठले पाँच हजार ५६६ र शाहीले पाँच हजार ३३२ मत ल्याउनुभएको छ । प्रमुखमा निर्वाचित पाण्डे नेपाली काँग्रेसको महासमिति सदस्य एम्व तरुण दल लमजुङको अध्यक्ष हुनुहुन्छ । उपप्रमुखमा निर्वाचित श्रेष्ठ एमालेको सचिवालय सदस्य हुनुहुन्छ ।

मध्यनेपाल नगरपालिकाको वडा नं १ को अध्यक्षमा काँग्रेसका चन्द्रमणि पौडेल, वडा नं–२ को अध्यक्षमा काँग्रेसका पदमबहादुर थापा, वडा नं– ३ को अध्यक्षमा एमालेका नेत्रबहादुर बस्नेत, वडा नं– ४ को अध्यक्षमा एमालेका निर्मल गौतम, वडा नं– ५ को अध्यक्षमा काँग्रेसका बालकुमार जोशी निर्वाचित हुनुभएको छ ।

यस्तै वडा नं– ६ को अध्यक्षमा (माओवादी केन्द्र)का विष्णुभक्त पौडेल, वडा नं– ७ को अध्यक्षमा काँग्रेसका गगन घिमिरे, वडा नं ८ को अध्यक्षमा एमालेका अमृत तामाङ, वडा नं ९ अध्यक्षमा एमालेका सूर्यबहादुर कुँवर र वडा नं १० को अध्यक्षमा काँग्रेसका रामचन्द्र भण्डारी निवाचित हुनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij