२०८३ भाद्र ३० मंगलबार

पाँच हजार मेट्रिक टन मुसुरो उत्पादन

ई आर्थिक    मंगलबार, बैशाख २६ २०७४
5.6K
Shares
पाँच हजार मेट्रिक टन मुसुरो उत्पादन

२६ वैशाख, कलैया । बारामा आव २०७३-७४ मा पाँच हजार पाँच सय ९५ मेट्रिक टन मुसुरो उत्पादन भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार कृषकले ११ हजार ६०० हेक्टरमा प्रतिहेक्टर ०.४८ मेट्रिक टनका दरले सो परिमाणमा मुसुरो उत्पादन भएको हो । गत वर्ष पाँच हजार पाँच सय ९६ मेट्रिक टन मुसुरो उत्पादन भएको थियो ।

यस्तै कृषकले एक हजार नौ सय १५ हेक्टरमा तोरीखेती गर्दा प्रतिहेक्टर १.१५ मेट्रिक टनका दरले दुई हजार दुई सय दुई मेट्रिक टन तोरी उत्पादन भएको छ । गत वर्षको तुलनामा ८५ मेट्रिक टन बढी उत्पादन भएको हो ।

आव २०७२÷७३ मा कृषकले एक हजार नौ सय २५ हेक्टरमा प्रतिहेक्टर १.१ मेट्रिक टनका दरले दुई हजार ११७ मट्रिक टन तोरी उत्पादन भएको थियो । जिल्लामा हाल मुसुरोको मूल्य प्रतिक्विन्टल रु आठ हजार तथा र तोरीको मूल्य प्रतिक्विन्टल रु छ हजार ५०० रहेको सो कार्यालयका योजना अधिकृत विकासकुमार साहले बताउनुभयो ।

उखु क्रसिङ

बाराको मनहर्वा–५ स्थित रिलायन्स सुगर एन्ड केमिकल उद्योगले यस वर्ष ५० प्रतिशत मात्र उखु क्रसिङ गरिएको जनाएको छ ।

उद्योगका प्रबन्धक राजेश पाण्डेका अनुसार आव २०७३÷७४ मा ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएकामा १६ लाख ६४ हजार ५७२ क्विन्टल मात्र उखु क्रसिङ गरेको बताउनुभयो । कुल एक लाख ५३ हजार ४६७ क्विन्टल चिनी उत्पादन भएको उहाँले बताउनुभयो ।

बारा र पर्साका कृषकले लगाएको उखु रौतहट र सर्लाहीका सुगर मिल्सले समेत खरिद गर्ने गरेका कारण्ढा उखुको अभाव भएको पाण्डेले बताउनुभयो । गत आवमा २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएकामा १८ लाख १२ हजार तीन सय १३ क्विन्टल मात्र उखु क्रसिङ गरी कुल एक लाख ७५ हजार ६३९ क्विन्टल चिनी उत्पादन गरेको सो उद्योगले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij