२०८३ साउन ९ शनिबार

महाभियोग प्रस्ताव फिर्ता नभए एमालेले संसद् चल्न नदिने

ई आर्थिक    बिहिबार, बैशाख २१ २०७४
3.4K
Shares
महाभियोग प्रस्ताव फिर्ता नभए एमालेले संसद् चल्न नदिने

२१ वैशाख, काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद् चल्न नदिने बताउनुभएको छ । संसद्को बैठक आज दिउँसो बस्दैछ ।

एमाले केन्द्रीय प्रचार विभागले आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारले चाहेको जस्तो फैसला नभएको भन्ने आधारमा स्वतन्त्र न्यायालयमाथि एकाएक त्यस्तो प्रस्ताव ल्याइनु गलत भएको बताउनुृभयो । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का दुईसय ४९ सांसद्ले यही वैशाख १७ गते सो प्रस्ताव संसद्मा दर्ता गराएका थिए ।

उहाँले निर्वाचन सम्बन्धमा स्थानीय आवश्यकता र जितको सुनिश्चितता एवम् मुद्दाका आधारमा स्थानीय निर्वाचनमा तालमेल गरिएको पनि बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij