२०८३ साउन ९ शनिबार

बीउमा सल्यानका कृषकलाई अनुदान

ई आर्थिक    मंगलबार, बैशाख १९ २०७४
3.6K
Shares
बीउमा सल्यानका कृषकलाई अनुदान

१९ वैशाख, सल्यान । जिल्ला कृषि विकास कार्यालयले मकैको बीउमा कृषकलाई ७५ प्रतिशत अनुदान दिने भएको छ ।

यस वर्ष मनकामना–३, दउती पोसिलो र अरुण दुई जातको मकैको बीउ वितरण गर्न लागेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्मा घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा वैशाख दोस्रो हप्तादेखि जेठको पहिलो हप्तासम्म मकै रोप्ने समय हो । सोही समयभित्रमा सबै कृषकलाई बीउ वितरण गरिने छ । कृषकको मागका आधारमा दुई सय क्विन्टल मकैको बीउ उपलब्ध गराएको घिमिरेले बताउनुभयो ।

“अनुदानमा दिइने बीउ जिल्लाका विभिन्न स्थानमा रहेका कृषि सेवा केन्द्रबाट प्राप्त गर्न सकिने छ,” उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij