२०८३ साउन ११ सोमबार

टहरामा जन्मेको नाति हिँड्ने भइसक्यो तर घर बनाउने अनुमति पाइएन

ई आर्थिक    मंगलबार, बैशाख १९ २०७४
4.4K
Shares
टहरामा जन्मेको नाति हिँड्ने भइसक्यो तर घर बनाउने अनुमति पाइएन

१९ वैशाख, पाल्पा(रामपुर)। भूकम्पपीडित सहलकोट सुकेकोटका ७६ वर्षीय गोबद्र्धन दर्जीले घर बनाउनका लागि अनुदान रकमको पर्खाइमा दुई वर्ष टहरामुनी बिताउनुभयो ।

भूकम्पपछि टहरामा जन्मेको नाति हिँड्डुल गर्नसक्ने भइसक्यो तर घर बनाउन पहिलो किस्ताको रकमसम्म नपाउदा नातिलाई टहरामा हुर्काउन उहाँलाई कठिन भएकोे छ ।

आफूलाई अब घर बनाउने अनुदान रकम पाउछु भन्ने आशा हटिसकेको गोबर्धन बताउनुहुन्छ । शारीरिक रुपमा अशक्त हुँदै गए पर्नि आफ्नो भन्दा १९ जना परिवारको टहरामा पालनपोषण र बास कसरी बिताउने भन्ने चिन्ताले उहाँलाई सताएको छ ।

लामो समय वितिसक्दा पनि घर बनाउने अनुदान र अनुमति नपाउदा अव अनुदान पाइन्छ र घर बनाउँला भन्ने आश नभएको गोवर्धनको गुनासो छ ।

उहाँ भन्नुहुन्छ,“चिसो बढ्यो कि दम बढेर आउछ, गएको जाडोमा दम बढेर झन्डै मरेको थिए”—“भूकम्पपछि जन्मेको नाति दौडिनसक्ने भयो, घर बनाउने अनुमति नपाउदा टहराको बासले छोड्ने भएन” उहाँ दुखेसो पोख्नुहुन्छ ।

भूकम्पले ठूलो भौतिक क्षति पुगेको सहलकोट सुकेकोटमा दुई वर्षको अवधिमा टहराको बासले चिसोका कारण दुई जनाले ज्यान गुमाउनुपरेको स्थानीय उमेशकुमार गाहा बताउनुहुन्छ ।

पालको बासले वृद्धवृद्धा, सुत्केरी महिला र बालबालिका बढी प्रभावित भएका छन् । भूकम्पपछि टहरामा बास बस्दै आएका यहाँका पाँच सुत्केरीले टहरामै बच्चा जन्माउन बाध्य भए । गएको हिउँदमा घर बनाएर सहजसँग बास बस्ने सपना बोकेका भूकम्पपीडितको सपना ओइलाएर गएको छ । यसवर्षको बर्खायाममा पनि उनीहरुले टहरामै जीवन गुजार्नुपर्ने निश्चित छ । पहिलो किस्ताको रकम पनि नपाउदा घर बनाउने सुरसारै गर्न नपाएको स्थानीय तिलवीर रानाको गुनासो छ ।

उहाँले पहिलो किस्ताबापतको रकम अनुदान पाएको खण्डमा वर्खा अगाडि नै घरको जग राख्ने र हिउँद अगाडि नै घर निर्माण गर्ने योजना बुन्नुभएको थियो ।

वडा नागरिक मञ्चका संयोजक भुमबहादुर राना भन्नुहुन्छ,“न अनुदान पाइयो न त घर बनाउने अनुमति नै पाइयो”—“सरकारले दिन्छु भनेर पीडित जनतालाई आशा देखायो तर दुई वर्षसम्म टहरा र त्रिपालमा रात कसरी बिताए पीडितले भन्ने कहिल्यै सोचेन” उहाँले दुखेसो पोख्नुहुन्छ ।

पुनःनिर्माण प्राधिकरणले सङ्कलन गरेको तथ्याङ्कअनुसार सहलकोट क्षेत्रमा मात्र ६१ घर पूर्णरुपमा क्षति भएकामा साविक– ९ सुकेकोट गाउँमा ४१ वटा घर पूर्ण क्षतिग्रस्त भएका थिए । अन्य बाँकीमा आंशिक क्षति पुगेको थिायो ।

पाल्पाको साविकको गल्धा, रामपुर, बाकामलाङ्, कोलडाँडालगायतका क्षेत्रमा भूकम्प प्रभावित बढिरहेका छन् । जिल्ला तथ्याङ्क कार्यालयकाअनुसार जिल्लाका १० हजार चार सय ९५ घर पूर्णरुपमा क्षति भएकामा तीन हजार चार सय ३१ घरको लागि पहिलो किस्ताको अनुदान सम्झौता भएको जिल्ला समन्वय समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij