२०८३ साउन १० आइतबार

दाङका सिमेन्ट उद्योगमा ४१ अर्ब लगानी

ई आर्थिक    मंगलबार, बैशाख १९ २०७४
7K
Shares
दाङका सिमेन्ट उद्योगमा ४१ अर्ब लगानी

टीकाबहादुर बस्नेत

दाङ, वैशाख १९ गते ।  जिल्लामा स्थापना भएका सिमेन्ट उद्योगमा अहिलेसम्म कुल ४१ अर्ब लगानी भएको छ ।  २०६५ सालदेखि दाङमा स्थापना हुन थालेका सिमेन्ट उद्योगहरू अहिलेसम्म पनि स्थापना भइरहेका छन् ।
जिल्लामा हालसम्म पाँचवटा र सिमानामा दुईवटा सिमेन्ट उद्योग गरेर सात सिमेन्ट उद्योगहरू स्थापना भइसकेका छन् ।  यी सिमेन्ट उद्योगहरूमा ४१ अर्ब रुपियाँ लगानी भएकोे छ ।  योसँगै दाङ जिल्ला सिमेन्ट उद्योगको केन्द्र बन्न थालेको छ ।  पहाडी भेगको चुुुनढुुंगा खानीलाई मुख्य केन्द्र बनाउँदै यहाँ सिमेन्ट उद्योग स्थापना गर्ने क्रम बढेको हो ।  यीमध्ये केहीले उत्पादनसमेत थालिसकेका छन्, भने केही उत्पादनको तयारीमा रहेका छन् ।  केही उद्योग स्थापना व्यवस्थापनको चरणमा रहेको पाइएको छ ।  dang cement
जिल्लामा स्थापना भएका उद्योगहरूमध्ये एक अर्बदेखि १० अर्बसम्मको लगानी रहेको छ ।  उद्योग मन्त्रालयमा पनि सोहीअनुसार लगानी पेस गरिएको छ ।  जिल्लामा स्थापना भएका घोराही सिमेन्ट, सोनापुर सिमेन्ट उद्योगले केही वर्ष अघिदेखि नै आफ्नो उत्पादन बजारमा ल्याइसकेका छन्, भने सम्राट् सिमेन्ट उद्योगले अबको दुई महिनामा आफ्नो उत्पादन बजारमा ल्याउन लागेको जानकारी दिएको छ ।
त्यसैगरी दाङलाई आधार बनाएको तर पूर्वाधार अर्घाखाँचीमा विकास गरिएको  शुुभश्री अग्नि सिमेन्ट उद्योगले पनि आफ्नो उत्पादन बजारमा ल्याइसकेको जनाएको छ भने रोल्पामा स्थापना भएको रोल्पा सिमेन्ट उद्योगले पनि उत्पादन बजारमा ल्याएको छ ।  जिल्लामा स्थापना भएका दाङ सिमेन्ट उद्योग, अरनिको आँबुुखैरेनी सिमेन्ट उद्योग भने सञ्चालनमा आउन सकेका छैनन्, भने सम्राट् उद्योग उत्पादनको तयारीमा रहेको छ ।
जिल्लामा आफ्नो उत्पादन गरिरहेका उद्योगहरूले पनि स्थापनाको तुलनामा दोब्बर उत्पादन गर्न थालेका छन् ।  चार अर्बबाट सुरु गरेको सोनापुर सिमेन्टले आफ्नो लगानी बढाएर अहिले १० अर्ब पुु¥याएको र उत्पादन पनि दैनिक आठ सय बोराबाट बढाएर २० हजार बोरा पुु¥याएको उद्योगका महाप्रबन्धक हरि पाठकले जानकारी दिनुुभयो ।
त्यसै गरेर क्लिङ्कर उत्पादन पनि दोब्बर बढाएको पाठकले जानकारी दिनुुभयो ।  उद्योगमा एक हजार पाँच सयजनाले प्रत्यक्ष र अप्रत्यक्षरूपमा रोजगारी पाएका छन् ।  त्यसैगरि छ अर्बबाट उत्पादन सुरु गरेको घोराही सिमेन्ट उद्योगले पनि आफ्नो स्थापना कालभन्दा आफ्नो लगानी र उत्पादन बढाएको बताएको छ ।  उद्योगका जनसम्पर्क अधिकृत अमर सुवेदीले उत्पादन दैनिक २२ हजार बोरा पुु¥याएको बताउनुभयो ।  यसअघि उद्योगले दैनिक सात हजार बोरा उत्पादन गर्दै आएको थियो । गाेरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij