२०८३ भाद्र ३१ बुधबार

निर्वाचनको अनुगमनमा को कहाँ खटिए ?

ई आर्थिक    सोमबार, बैशाख १८ २०७४
10.1K
Shares
निर्वाचनको अनुगमनमा को कहाँ खटिए ?

१८ वैशाख, काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३१ गते आइतबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको विशेष अनुगमन गर्ने भएको छ ।

आयोगका अनु्सार उक्त निर्वाचनको प्रदेश नम्बर ३ को अनुगमनको संयोजन निर्वाचन आयुक्त इला शर्मा र नरेन्द्र दाहाल गर्नु हुनेछ ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले प्रदेश नम्बर ४ र सुधीरकुमार शाहल प्रदेश नम्बर ६ को संयोजन गर्ने आयोगले जनाएको छ । आयोगले स्थानीय तह निर्वाचन, २०७४ अनुगमन गर्ने कार्यक्षेत्रको जिम्मेवारी र टोली प्रमुख समेत तोकेको छ ।

आयोगका अनुसार, काठमाडौँ, ललितपुर र भक्तपुरको अनुगमन नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुवेदी र निर्वाचन आयोगका उच्च पदस्थ अधिकारीबाट हुनेछ ।

पहिलो चरणमा निर्वाचन हुने प्रदेशका बाँकी ३१ जिल्लाको अनुगमन गर्न २७ जना सहसचिवलाई खटाइएको छ ।

आयोगका अनुसार, दोलखा र रामेछापमा रघुराम विष्ट, सिन्धुलीमा झक्कप्रसाद आचार्य, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक वेदबहादुर कार्की, रसुवा र नुवाकोट महेश्वर न्यौपाने, चितवन लोकनाथ पौडेल र मकवानपुरमा रमेश केसी अनुगमनका लागि खटिनुभएको छ ।

त्यस्तै, गोरखा शिवराम न्यौपाने, धादिङ बाबराम पौडेल, लमजुङ शङ्कर खरेल, तनहुँ र कास्की दीपेन्द्र पौडेल, स्याङजा भुवनहरि अर्याल, मनाङ अनिलकुमार ठाकुर, पर्वत र म्याग्दीको अनुगमनको जिम्मेवारी सुरेश अधिकारीलाई तोकिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार बाग्लुङ अर्जुनकुमार खड्का, मुस्ताङमा केदारनाथ खड्का, नवलपरासी रामेश्वर दङ्गाल, सल्यान किरण पौडेल, रुकुम चक्रबहादुर बुढा, जाजरकोट कृष्णबहादुर राउत, सुर्खेत तीर्थराज ढकाल, दैलेख घनश्याम उपाध्याय, जुम्ला कृष्णजीवी घिमिरे, मुगु अर्जुन पोखरेल, कालिकोट इन्दिरा दाहाल, डोल्पा देवराज ढकाल र हुम्ला डण्डुराज घिमिरेलाई खटाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij