२०८३ कार्तिक १७ सोमबार

नेप्सेमा १९.८४ अङ्कको गिरावट

ई आर्थिक    आइतबार, बैशाख १७ २०७४
4K
Shares
नेप्सेमा १९.८४ अङ्कको गिरावट

१७ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार १.१९ प्रतिशतले झरेको छ । यो दिन १९.८४ अङ्कले नेप्से ओरालो लागेर परिसुचक १६५०.७८ बिन्दुमा पुगेको छ ।

यो दिन कारोबारमा आएको अधिकान्स समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यो दिन १४३ कम्पनीहरुको ६ हजार ७ सय ९४ पटकको व्यापारमा ७२ लाख ४ हजार ६५४ कित्ता शेयर ७८ करोड ५६ लाख ५२ हजार ८१३ रुपैयामा कारोबार भएको छ ।

यो दिन उत्पादनमूलक कम्पनीको १.३९ र अन्य’ समुहको ०.५६ प्रतिशत उकालो लागेको छ भने बाँकी सबै समुहमा रातो पोतिएको छ । यस् दिन बैंकिङको १.३९, होटेलको २.३९, बिकास बैंकको ०.७८, जलविद्युत्को ०.६८, फाइनान्सको १.१६ र बिमाको १.८६ प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij