२०८३ साउन १२ मंगलबार

सिरहामा तीन दिनअघि बेपत्ता बालकको घाटी रेटी हत्या, आरोपमा आफ्नै काका पक्राउ

ई आर्थिक    शनिबार, बैशाख १६ २०७४
2.9K
Shares
सिरहामा तीन दिनअघि बेपत्ता बालकको घाटी रेटी हत्या, आरोपमा आफ्नै काका पक्राउ

१६ वैशाख, लहान । सिरहाको नरहा–३ खोरियास्थित घरबाटै तीन दिनअघि बेपत्ता भएका दुईवर्षे बालकको हत्या गरी गाडिएको अवस्थामा आज बिहान शव फेला परेको छ ।

बालकको हत्यामा संलग्न रहेको आरोपमा बालकका काका सुरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । गत बुधवार साँझ घरबाटै अचानक बेपत्ता भएका खोरिया निवासी भरोसी यादवको दुईवर्षे छोरा रञ्जनकुमार यादवको टाउको काटेर घर नजिकैको बारीमा गाडिएको अवस्थामा शव फेला परेको इप्रका कार्यालय मिर्चैयाको प्रहरी नायब उपरीक्षक गजुसिद्ध बज्राचार्यले जानकारी दिनुभयो ।

बेपता बालकको खोजी गर्ने क्रममा घर नजिकैको बारीमा शव गाडिएको अवस्थामा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइहेको उहाँको भनाइ छ ।

यस्तै पोखरीमा डुबेर सिरहा नगरपालिका–१९ स्थित जोघियामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय समेश यादवको चार वर्षीय छोरा धिरजकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको पोखरीमा नुहाउन गएका बालक डुबेर अचेत अवस्थामा भेटिएपछि उपचारका लागि जिल्ला अस्पताल सिरहा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij