२०८३ भाद्र २७ शनिबार

महिलालाई उद्यमीका लागि १० लाख ऋण दिइने

ई आर्थिक    मंगलबार, बैशाख १२ २०७४
11.6K
Shares
महिलालाई उद्यमीका लागि १० लाख ऋण दिइने

१२ वैशाख, काठमाडौँ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले १० वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने योजना भइरहेको बताउनुभएको छ ।

घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १३ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४ को सोमबार समापन कार्यक्रममा उहाँले प्रत्येक महिलालाई उद्यमी बन्नका लागि प्रोत्साहन गर्न जनही रु १० लाख ऋण दिने योजनाबारे पनि जानकारी दिनुभयो ।

महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)सँग प्राकृतिक रेशाबाट नरम धागो बनाउने प्रविधिको विकास गर्ने सम्बन्धमा खोज तथा अनुसन्धान तथा प्रविधि विकास गर्ने सहमति भएको बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट प्रविधिमा प्रदीप नेपाल, नवीन आविष्कारमा सुमन पौडेल, उत्कृष्ट महिला उद्यमीमा सीता मल्ल, उत्कृष्ट उद्यमीमा बुद्ध ह्यान्डिक्राफटका नीलम ताम्राकार र स्वचालित धारा प्रणालीका रवीन गिरी घोषित हुनुभयो । उत्कृष्ट हुनेलाई भारतको औद्योगिक भ्रमण गराइने आयोजकले जनाएको छ ।

यही वैशाख ७ देखि ११ गतेसम्म सञ्चालित उक्त प्रदर्शनीमा करिब रु सात करोडभन्दा बढी कारोबार भएको बताइएको छ । प्रदर्शनीमा घरेलु उत्पादनका दुई सय १६ कक्ष थिए जसमा भारत, पाकिस्तान, बङ्गलादेश र चीनका ३० कक्ष पनि थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij